समाचार

नारायणगढ–मुग्लिन सडकमा पहिरो, डोजर चालकको मृत्यु

By खबरहब

May 26, 2024

मुग्लिन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिन माथि पहिरो खस्दा चालकको मृत्यु भएको हो ।

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । अहिले सडक भने सञ्चालनमा आएको छ ।