आर्थिक

कांग्रेसको अवरोधबीच अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण

By खबरहब

May 26, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा ०८१ लाई आइतबार बसेको संसद् बैठकमा पेश गरेका छन् ।

कांग्रेसले वेल घेराउ गरिरहेका बेला अर्थमन्त्री पुनले मर्यादापालकहरूको सहयोग लिएर रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण र वार्षिक समीक्षा ०८१ पेश गरेका हुन् ।

त्यसभन्दा पहिले राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । त्यस बेला कांग्रेसले अवरोध गरेको थिएन । शाहीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनै पर्ने अडान लिए ।