समाचार

कांग्रेसको अवरोधबीच आगामी वर्षको आर्थिक सर्वेक्षण पेस

By खबरहब

May 26, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८१ संसद बैठकमा पेस गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले बेल घेराउ गरिरहेका बेला अर्थमन्त्रीले वार्षिक समीक्षा पेस गरेका हुन् ।

त्यसअघि राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । शाहीले बोल्दा कांग्रेसले कुनै अवरोध गरेको थिएन ।