फोटो फिचर

संसद्‍मा कांग्रेसले अर्थमन्त्री पुनलाई छेक्न खोज्दा… (तस्बिरहरू)

By खबरहब

May 26, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा ०८१ लाई आइतबार बसेको संसद् बैठकमा पेश गरेका छन् ।

कांग्रेसले वेल घेराउ गरिरहेका बेला अर्थमन्त्री पुनले मर्यादापालकहरूको सहयोग लिएर रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण र वार्षिक समीक्षा ०८१ पेश गरेका हुन् ।

त्यसअघि उनलाई आफ्नो आशनबाट रोष्ट्रमसम्म जान नदिन कांग्रेस सांसदहरूले छेक्न खोजेका थिए ।

कांग्रेस सांसदहरूले छेक्न खोज्दा पुनलाई माओवादी केन्द्रका सांसदहरू र मर्यादापालकले सुरक्षा दिएर रोस्ट्रमसम्म पुर्‍याए।