राजनीति

नीति तथा कार्यक्रममा समर्थन हुँदैन : जनमोर्चा

By खबरहब

May 26, 2024

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममा समर्थन नहुने बताएका छन् ।

नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गरेका केसीले छलफलमा भाग नलिने बताउँदै नीति तथा कार्यक्रममा समर्थन नहुने बताएका हुन् ।

आज बसेको संसद बैठकमा संसदमा नीति तथा कार्यक्रमको छलफलमा अध्यक्ष केशीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने बताए ।

उनले सरकारको यो रवैया लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गरे । उनले भने, ‘सहकारीमा ठगेर यत्रो मुलुकलाई असार पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन संयन्त्र गरेको छ । यो लोकतन्त्र माथिको आक्रमण हो । यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ ।’