नीति तथा कार्यक्रमले निराशा चिर्छ, कांग्रेसले ताली बजाउनुपर्छ : विष्णु पौडेल

By खबरहब

May 26, 2024

काठमाडौं–प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी नेपाली कांग्रेसले ताली बजाएर स्वागत गर्नुपर्ने बताएका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकारको नीति तथा कार्यक्रमको विरोधमा कांग्रेसले वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर समर्थन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो नीति तथा कार्यक्रमले निराशा चिर्ने र नागरिकमा आशा जगाउने काम गरेको छ । नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधिनताको रक्षा र नागरिक मैत्री शासनमा जोड दिएको छ । करदातालाई व्यावसायिक लागत घटाउने, बैंक, लघुवित्त र सहकारीका समस्या सम्बोधन गर्ने छ ।’

उनले नीति तथा कार्यक्रमले सहकारी क्षेत्रका समस्या समाधान गर्ने विशिष्ठीकृत नियमक निकाय गठन गरेर समस्या समाधान गर्ने दृष्टिकोण अगाडि सारेको बताए ।