राजनीति

संसद्‍मा प्रधानमन्त्रीले भने : बजेट आउनुअघि कांग्रेससँग सहमति भइसक्छ

By खबरहब

May 26, 2024

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् ।

आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्‍मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको बताएका छन् ।

आजै पनि आफूले संसद्‍मा जारी रहेको अवरोध हटाउन संवाद गरेको पनि दाहालले बताएका छन् ।

उनले भने, ‘सदन अवरोधबीचमा मैले जवाफ दिँदा अप्ठ्यारो भएको छ । गतिरोध अन्त्यको पहलसहति छलफल गरिरहेको छु । कांग्रेस सभापतिको घरमा पुगेर मैले आजै संवाद गरेको छु । हामी छलफलबाट निष्कर्षनजिक पुगेका छौँ । सहमति जुट्छ । बजेट आउनेबेलासम्म सहमति भइसक्छ । आज बेलुका वा भोलिसम्म सहमति हुन सक्छ । मैले निरन्तर पहल गरिरहेको छु ।’