फाइल फोटो

समाचार

संघीय सरकारद्वारा साढे ५ वर्षमा ३५ सय किलोमिटर सडक कालोपत्रे

By खबरहब

May 26, 2024

काठमाडौं– संघीय सरकारले साढे पाँच वर्ष बढी समयमा ३५ सय किलोमिटर सडक कालोपत्रे गरेको छ ।

आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले २०७६ असारदेखि २०८० फागुनसम्म ३ हजार ५४६ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

सर्वेक्षणअनुसार २०८० फागुनसम्म संघीय सरकारले ७६९७ किलोमिटर खण्डास्मित र ८३२९ किलोमिटर सडक निर्माण गरेको छ ।

तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको फागुन महिनासम्म जम्मा १८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । जुन पछिल्लो पाँच वर्षकै तथ्यांकको तुलनामा कम हो ।