फाइल तस्वीर

समाचार

कछुवा गतिमा रेलमार्ग निर्माण, चार वर्षमा एक किलोमिटर पनि बनेन

By खबरहब

May 26, 2024

काठमाडौं– पूर्व पश्चिम रेलमार्ग निर्माण करिब अलपत्र जस्तै बनेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पछिल्लो चार वर्षमा पूर्वपश्चिम रेलमार्ग निर्माणको काममा कत्ति पनि काम भएको छैन ।

सर्वेक्षण प्रतिवेदनअनुसार २०७८ असारसम्म ६२ किलोमिटर निर्माण भएको पूर्वपश्चिम विद्युतीय रेलमार्ग ०८० फागुनसम्म पनि सोही अवस्थामा नै रहेको छ । अर्थात् प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा पूर्वपश्चिम रेलमार्गको काममा सरकारले कत्ति पनि काम गरेको छैन ।

सर्वेक्षणअनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा हालसम्म ६३ किलोमिटर ट्रयाकबेड निर्माणको काम भएको छ भने १३ वटा पुल निर्माणको काम सम्पन्न भएको छ ।