आर्थिक

१० वर्षमा वैदेशिक रोजगारीमा जाने १० हजार बढीले गुमाए ज्यान

By खबरहब

May 26, 2024

काठमाडौं– १० वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने १० हजार बढी नेपालीले ज्यान गुमाएका छन् ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पछिल्लो १० वर्षको अवधिमा १० हजार २३० जना नेपालीले ज्यान गुमाएका हुन् ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७१/७२ देखि चालु आर्थिक वर्षको फागुन महिनासम्म माथि उल्लेखित संख्याका नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन् । सर्वेक्षणअनुसार सो अवधिमा ९९६५ जना पुरुष र २६५ जना महिलाले ज्यान गुमाएका छन् ।

साथै सरकारले १० वर्षमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई ४ अर्ब ७० करोड ६६ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।