फोटो फिचर

गृहमन्त्रीविरुद्ध नाराबाजी सकेर संसदबाट सडकमा कांग्रेस (तस्बिरहरू)

By खबरहब

May 26, 2024

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानबिन हुनुपर्ने र पासपोर्टको विषय पनि छानबिनको दायरामा आउनुपर्ने उनीहरूको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।

आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ सङ्गठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरू प्रदर्शन स्थलमा पुगिसकेका छन् ।

हेर्नुहोस् तस्बिरहरु :