आर्थिक

अर्थ मन्त्रालयद्वारा सार्वजनिक संस्थानको दुई वर्ष पुरानो बासी तथ्यांक सार्वजनिक

By खबरहब

May 26, 2024

काठमाडौं– अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूको दुई वर्ष पहिले अवधिसम्म अद्यावधिक भएको तथ्यांक सार्वजनिक गरेको छ ।

आइतबार ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ भन्दै मन्त्रालयले दुई वर्ष पुरानो तथ्यांक सार्वजनिक गरेको छ ।

मन्त्रालयले सरकारको ऋण तथा शेयर लगानी भएका दर्जनौँ औद्योगिक, व्यापारिक सेवा क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र, जन उपयोगी क्षेत्र, वित्तीय क्षेत्र र विकास समितिको अवस्था सार्वजनिक गरेको छ । जुन तथ्यांकमा आजभन्दा झन्डै दुई वर्ष अगाडि अद्यावधिक भएको विवरण मात्रै उपलब्ध छ ।

सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ सम्म २५ वटा सार्वजनिक संस्थान नाफामा रहेका छन् भने १७ वटा संस्थान घाटामा रहेका छन् ।

नाफामा रहेका २५ वटा संस्थानहरूको सोही आर्थिक वर्षसम्मको नाफा ४३ अर्ब २ करोड ५३ लाख रहेको छ भने घाटामा रहेका संस्थानहरूको सोही आर्थिक वर्षसम्मको खुद घाटा ४१ अर्ब ४८ करोड ३२ लाख रहेको छ ।