फोटो फिचर

महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू)

By खबरहब

May 26, 2024

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक काट्दा संघीय सरकारसँग कलह भएको छ ।

६ महिनाअघि मात्रै बनाएको फुटपाथको कलात्मक बारसमेत भत्काउने गरी १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिटरसम्म सडकको दायँबायाँ काटिएको छ ।

मेशिन लगाएर तीन लेनको उक्त सडकको दायाँ बायाँ सडक काट्दा अनुमति नलिएको भन्दै सडक विभागस्थित डिभिजन सडक कार्यालय काठमाडौं शनिबार नै हस्तक्षेप गर्‍यो ।

शनिबार विशालबजारको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक भत्काउन डोजर चलाएपछि केही व्यापारीले गुनासो गरे। त्यसपछि बिदाको दिन पनि सडक डिभिजनको टोली पुगेर डोजर र मेशिन नियन्त्रणमा लिएको थियो ।

फुटपाथ विस्तार गरी वृक्षारोपणसमेत गर्ने योजनासहित सडक काट्ने प्रक्रिया अघि बढाइएको जानकारी महानगरका सह-प्रवक्ता दिपक अधिकारीले शनिबार दिए ।