अन्तर्राष्ट्रिय

म्यान्माले वर्षायाममा दुई करोड रुख रोप्ने

By खबरहब

May 26, 2024

याङ्गुन– म्यान्माले सामान्यतया जुनदेखि अक्टोबरसम्म फैलिने यस वर्षाको मौसममा राष्ट्रव्यापी २२ हजार एकड जमिनमा दुई करोड २३ लाख रूख रोप्ने लक्ष्य राखेको छ ।

यस वर्षको अप्रिल र मे महिनामा म्यान्मामा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो ।

म्यान्मामा एसियाली देशहरूको सन्दर्भमा काठ र इन्धनको उच्च खपत रहेको छ । यसमा ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या काठ र कोइलामा निर्भर छन् ।

यो निर्भरताले वन स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने प्रयासहरूमा चुनौती खडा गरेको छ ।

त्यसैले यी समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले यस वर्षायाममा दुई करोडभन्दा बढी रूख रोप्ने पहल गरिएको छ ।