सांकेतिक तस्बिर

अपराध

दुई सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

By खबरहब

May 26, 2024

धनुषा – धनुषाबाट दुई सय ५० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१३ पिराडी चोकबाट अवैध लागूऔषध उक्त परिणामको गाँजासहित सर्लाही हरिवन नगरपालिका–८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा प्र०१–०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।