खेलकुद

युरोकप २०२४ : समूह ‘सी’ का इंग्ल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

By खबरहब

June 26, 2024

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबल अन्तर्गत समूह ‘सी’ बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा पुगेका छन् ।

आज बिहान सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बियाले पनि गोलरहित बराबरी नै खेलेका छन् ।

यो बराबरीपछि इंग्ल्याण्ड समूह ‘सी’ मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट (अन्तिम १६) चरणमा पुगेको छ ।

त्यस्तै समूहमा डेनमार्क र स्लोभेनियाको ३–३ अंक र गोल अन्तर पनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ ।

त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समूहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् । त्यस्तै समूह ‘सीण्द्दज्ञडबाट सर्बिया भने ३ खेलमा २ अंक जोड्दै बाहिरिएको छ ।