देश/प्रदेश

कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, ६ जना घाइते

By खबरहब

June 26, 2024

कैलाली– कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जोशीपुर–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

डगौरालाई आफन्तले स्थानीय महापार्वती क्लिनिकमा लगेका थिए । उनको त्यहीँ मृत्यु भएको हो ।

त्यस्तै, चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।