फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा  भइरहेको छ कारोबार ?

By खबरहब

June 26, 2024

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।