अन्तर्राष्ट्रिय

भारतको लोकसभाको सभामुखमा पुन: ओम बिरला 

By खबरहब

June 26, 2024

काठमाडौं– भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाई ध्वनि मतबाट सभामुख चुनिएको हो ।

बिरला दोस्रो पटक सभामुख बनेका छन् । यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए । 

सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । सहमति नबनेपछि विपक्षी दलले के सुरेसलाई सभामुखको उम्मेदवार बनाएको थियो ।

बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन् । 

भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ ।