समाचार

पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध

By खबरहब

June 26, 2024

चितवन– मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।