आर्थिक

११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार 

By खबरहब

June 26, 2024

काठमाडौं– बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २.०६० को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ बराबर र एनआरएनको १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज सो कम्पनीका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाए । शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा बढी  गुमाउने लगानीकर्ता भने साधना लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।