समाचार

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्छ : महेश बर्तौला

By खबरहब

June 26, 2024

काठमाडौं– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका उद्योगहरू नवीकरण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उद्योगहरू नवीकरण गर्नुपर्ने बताएका हुन्  ।

उनले भने, ‘हामिले दुनियाँलाई नेपालमा आउ, लगानी गर, रोजगारी देउ, कर तिर भनिरहेको छौं । स्वदेशमा चलिरहेको उद्योग धन्दा र स्वदेशमा भइरहेको लगानीहरुको प्रबर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्छ । सरकारले यस किसिमको वातावरण बनाउन नसक्दा कतिपय उद्योग धन्दा, कल–कारखानाहरु बीचैमा बन्द हुने अवस्था रहेको छ । सरकारले अनुमति दिएर खुलेका उद्योग धन्दाहरू पनि समयमै नवीकरण नहुँदा नवीकरण गराइदे भनेर व्यवसायीहरू आन्दोलन गर्नुपर्ने अवस्था छ । सशर्त, सरकारको अनुमतिबाट खोलिएका उद्योगहरू नवीकरण गर्नुपर्छ ।’