आर्थिक

प्रभु बैंक र मुस्ताङका होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता 

By खबरहब

June 26, 2024

काठमाडौं– प्रभु बैंकका कर्मचारीहरू तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा छुट दिने सम्झौता भएको छ ।

बुधबार छुट्टाछुट्टै समारोहका बिच भएको सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख-शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीका लागि आवास तथा खानामा १० प्रतिशत सम्मका छुटहरू प्राप्त गर्न सकिने  बैंकले जनाएको  छ ।

सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ : 

मुस्ताङको युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सामबाला, मुक्तिनाथ होटल सनराइज, होटल मन्डला, होटल त्रिवाटीका, इको हिल रिसोर्ट, होलिडे क्याम्प, लुम्बिनी एण्ड रेष्टुरेन्ट, सी यू लजलगायत छन् ।