राजनीति

गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस

By खबरहब

June 26, 2024

काठमाडौं– नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रदर्शनीमा विभिन्न विषयमा विज्ञ वक्ताहरूको विमर्श कार्यक्रम हुने प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

मुलुकमा गणतन्त्र स्थापनाका लागि कोइरालाले खेलेको भूमिका, योगदान र सङ्घर्षलाई फोटो प्रदर्शनीका माध्यमबाट उजागर गर्न खोजिएको विश्वकर्माले बताए ।

त्यस्तै नेपाली कांग्रेसका अग्रज नेताहरूले मुलुकमा क्रान्ति र शान्तिका लागि गरेका कामहरूका बारेमा पनि फोटो प्रदर्शनीमार्फत जानकारी गराउने उनले बताए ।