समाचार

काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित

By खबरहब

June 26, 2024

काठमाडौं- काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका छन् ।

उक्त सहकारीका अध्यक्ष केबी उप्रेती, महाप्रबन्धक जानुका र सरु, म्यानेजर कमला गजुरेल र लेखापाल सरिता ढुंगेल फरार भएका हुन् ।

उनीहरू फरार भएपछि अहिले बचतकर्ता आन्दोलित भएका छन् । उनीहरूले सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरूको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही माग गरेका छन् ।

बुधबार अनामनर आइपुगेका पीडितहरूले सहकारीका कार्यकारी अधिकृत कुयाङ लामाको दिदी-बहिनी प्रेस घेरेका छन् ।

अनमानगरस्थित उक्त प्रेस कुयाङकी श्रीमतीको नाममा रहेको छ। कुयाङले उक्त प्रेस भाइलाई रेखदेखको जिम्मा दिएको थाहा पाएपछि पीडितहरू आन्दोलित हुँदै घेर्न आइपुगेका हु्न् ।

पीडितहरू आफ्नो पैसा फिर्ता नभए बौद्धस्थित कुयाङको घर पनि घेर्ने योजना बनाएका छन्। सहकारीका पीडितहरूले ब्यानरमा भएको सञ्चालकहरूको फोटोमा कालो टीकासमेत लगाइदिएका छन् ।