क्रिकेट

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

By खबरहब

June 26, 2024

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्सीय टोली घोषण गरेका हुन्। नेपाली टोलीमा बर्मासहित रुबिना क्षेत्री, सिता रानामगर, विन्दू रावल, कविता कुँवर, पुजा महत्तो, कविता जोशी र सम्झना खड्का रहेका छन् ।

यस्तै काजोल श्रेष्ठ, सब्नाम राइ, राजमति ऐरी, मम्ता चौधरी, किर्तिका मरासिनी, रोमा थापा र डोली भट्ट पनि टोलीमा अटाएका छन् ।

महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । नेपालले उद्घाटन खेलमा युएईको समान गर्ने छ। यो खेल जुलाई १९ मा हुने छ ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।