सांकेतिक तस्बिर

समाचार

गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत भेटिए 

By खबरहब

July 26, 2024

काठमाडौं– गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की मृत फेला परेका हुन् ।

उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको–४ दोभान स्थित छल्दि खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए।

कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए। 

मुसिकोट नगरपालिका –१ अरेवा घर भई हाल वडानम्बर–२ निस्ति मामाघरमा बस्दै आएका थिए। उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ।