समाचार

बेनी–जोमसोम सडक अवरुद्ध

By खबरहब

July 26, 2024

म्याग्दी– रघुगंगा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुंगा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । 

‘लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ’, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने । 

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।