देश/प्रदेश

पहिरोपीडित नौ परिवारलाई विद्यालयमा सारियो

By खबरहब

July 26, 2024

त्रिवेणी– सानीभेरी गाउँपालिका–७ र ८ का पहिरोपीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । 

गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुईतले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् । 

तीसँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका-८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। क्षतिको विवरण संकलन भइरहेको छ ।