आर्थिक

मौद्रिक नीतिले हटायो शेयर धितो कर्जाको २० करोडको क्याप 

By खबरहब

July 26, 2024

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोडको क्याप हटाइएको छ ।

‘मार्जिन ट्रेडिब सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ ।

३४ धितो पत्र दलाल कम्पनीहरूलाई मार्जिन ट्रेडिङ सहमति दिएको राष्ट्र बैंकले जनाएको छ ।