बलिउड/हलिउड

रहिनन् फराह खानको आमा

By खबरहब

July 26, 2024

काठमाडौं – कोरियोग्राफर फराह खान र निर्देशक साजित खानको आमा मनेका इरानीको निधन भएको छ । उनको शुक्रबार ७९ वर्षको उमेरमा निधन भएको हो ।

मेनकाको निधनसँगै अहिले फराहको मुम्बईस्थित घरमा बलिउडकर्मी पुगेका छन् । उनी लामो समयदेखि अस्वस्थ थिइन् । बढ्दो उमेरसँगै उनीमा देखिएको स्वास्थ्य समस्या समाधान हुन सकेको थिएन ।

फराहले केही दिन अघि बुढ्यौलीका कारण आमामा स्वास्थ्य समस्या देखिएको जानकारी दिएकी थिइन् । केही अप्रेसन पश्चात पनि स्वास्थ्यमा सुधार नदेखिएको उनले सामाजिक सञ्जालमार्फत बताइएकी थिइन् ।

मेनका फिल्म निर्माता कामरान खानसँग विवाह गरेकी थिइन् । उनका दुई सन्तान साजिद र फराह हुन् ।