देश/प्रदेश

मुग्लिन–आँबुखैरेनी सडकखण्ड चार घण्टा बन्द

By खबरहब

August 26, 2024

तनहुँ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज चार घण्टाका लागि बन्द गरिएको छ ।

आँबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भारतीय बस दुर्घटना भएकोमा उक्त बस निकाल्नका लागि आज बिहान साढे ६ बजेदेखि चार घण्टाका लागि आवागमन रोकिएको हो ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ ।

पोखराबाट काठमाडौंतफ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।