काठमाडौं- कृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार फिल्म ‘हन्टर’ निर्माणको घोषणा भएको छ । यस फिल्मको निर्देशकको जिम्मेवारीमा जीवन सिंह छन् । उनको यो डेब्यू निर्दशन हो ।
निर्देशक सिंहका अनुसार एक्सन जनरामा निर्माण हुने यस फिल्मको कथा सुदूरपश्चिमको वास्तविक घटनाबाट प्रेरित छ । कथाबारे उनी भन्छन्, ‘फिल्मको कथा रियल पात्रबाट प्ररित छ । कथामा फिक्सन मिसाइनेछ ।’
निर्माण पक्षले शीर्ष भूमिकामा अरुण क्षेत्री रहने जनाएको छ । उनले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत चलचित्रमा अभिनय गरेका थिए ।
यो पनि…
फिल्मका अन्य कलाकार बिस्तारै सार्वजनिक गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।
क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा रहने यस फिल्म निर्माणमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहने बताइएको छ ।
हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायाङ्कन पश्चिम नेपालमा हुने बताइएको छ ।