खेलकुद

अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउन उप-समिति गठन

By खबरहब

August 26, 2024

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन  सदस्यीय उप समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो । 

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्ने छ ।

यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।