ब्रेकिङ स्टोरी

पृथ्वी राजमार्गको आदमघाटमा पहिरो, मुग्लिन-काठमाडौं सडक ठप्प

By खबरहब

August 26, 2024

धादिङ- मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको आदमघाटनजिकै ठूलो पहिरो झरेको छ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा माथिबाट ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग पूरै ठप्प भएको छ ।

सोमबार साँझ ५ बजे राजमार्गमा ठूलो पहिरो खसेपछि दुवैतर्फ यातायात पूर्ण रुपमा ठप्प भएको छ । अहिलेसम्म पहिरो हटाइएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन अझै समय लाग्नेछ । थप पहिरो नखसे रातिसम्म हटाएर सवारी खुलाउन सकिने छ ।

पहिरोले मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रुपमा अबरुद्व भएको छ । सडक अवरूद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ । हजारौँ यात्रु बाटैमा अलपत्र छन् ।

उता नारायगढ-मुग्लिन र मुग्लिन-तनहुँ सडक भने सामान्य अवस्थामा सवारी साधन दुईतर्फी चलिरहेका छन् ।