आर्थिक

युनिलिभर नेपालले नगद बोनस दिने 

By खबरहब

September 26, 2024

काठमाडौं– युनिलिभर नेपालले शेयरधनीलाई गत आर्थिक वर्ष २०८०–०८१ को नाफाबाट नगद बोनस दिने भएको छ ।

कम्पनीको १८५औँ सञ्चालक समिति बैठकले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले बोनस दिने घोषणा गरेको छ ।

बोनस प्रयोजनका लागि युनिलिभरले असोज २८ गते बुक क्लोजको मिति तोकेको छ । असोज २७ गतेसम्म शेयर भएका लगानीकर्ताले मात्र बोनस पाउने छन् ।

उक्त बोनस आगामी साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

युनिलिभरको बुधबार ५० हजार ३९८ रुपैयाँ ९० पैसा प्रतिकित्ता शेयर कायम छ । जुन नेपाल स्टक एक्सचेन्ज सूचिकृत कम्पनी मध्ये सबैभन्दा महँगो शेयर हो ।