मनोरञ्जन

तरकारी बेचेर भाइरल अञ्जना तामाङ अभिनित म्युजिक भिडियो सार्वजनिक

By खबरहब

October 26, 2024

काठमाडौं – तरकारी बेचिरहेको भिडियो भाइरल भएर सामाजिक सञ्जालमा चर्चा कमाएकी अञ्जना तामाङको अभिनय रहेको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ ।

गीतको शब्दअनुसार भिडियोमा अञ्जना ग्रामीण भेगकी युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई चित्रण गरेको छ । ‘आमाको जस्तो बुलाकी’ र ‘पान बुट्टे सारी’ जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ।

यस गीतकी गायिका रिज्योना कार्की हुन् । शब्द भने शब्द शङ्कर अधिकारी ‘घायल’ले लेखेका हुन् । गीतमा लक्ष्मण पोखरेलले सङ्गीत दिएका छन्‌ ।

भिडियो निर्देशन र कोरियोग्राफर कविराज गहतराज हुन् ।

हेर्नुहोस् भिडियो :