अन्तर्राष्ट्रिय

इजरायलले आक्रमण गरेको इरानद्वारा पुष्टि

By खबरहब

October 26, 2024

काठमाडौं– इरानका सैन्य क्याम्पहरूमा इजरायलले आक्रमण गरेको इरानले पुष्टि गरेको छ ।

इरानको वायुसेनाले राजधानी तेहरान, खुजेस्तान र इलाम प्रान्तका सैन्य क्याम्पहरूमा इजरायली सेनाले आक्रमण गरेको पुष्टि गरेको हो ।

इरानको वायुसेनाले इजरायली आक्रमणको सामना गर्दागर्दै केही स्थानमा क्षति भएको पनि बताएको छ ।

यसअघि इजरायलले इरानका सैन्य क्याम्पहरूलाई लक्षित गरेर आक्रमण गरिएको बताएको थियो ।

इजरायली सेनाले इरानको मिसाइल बनाउने स्थानमा आक्रमण गरिएको दाबी गरेको थियो ।