फाइल फोटो

अन्तर्राष्ट्रिय

इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी

By खबरहब

October 26, 2024

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानका परमाणु र तेल भण्डारणमा आक्रमण नगर्न चेतावनी दिएका छन् । 

बाइडेन प्रशासनले इजरायललाई आफ्नो बचाउ र अगस्टको सुरुवाततिर भएको इरानी आक्रमणको जवाफ अधिकार भने रहेको पनि स्पष्ट पारेको छ । 

यद्यपि, बाइडेनले इरानका परमाणु स्थलमा आक्रमण गरे इजरायललाई समर्थन गर्न भने नसकिने बताएका छन् । 

इरानका परमाणु स्थलमा आक्रमण गरिएका स्थिति अझै बिग्रन सक्नेतर्फ इजरायललाई सचेत गराएका छन् । 

यसका साथै अमेरिकाले इजरायललाई इरानका तेल भण्डारणबाट टाढै रहन पनि चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिकाले इरानसँग इजरायली हवाई आक्रमणको जबाफी कारबाही नगर्न पनि अपील गरेको छ । 

बीबीसीबाट