समाचार

विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृङ्खला रोकिनेवाला छैन

By खबरहब

October 26, 2024

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृङ्खला नरोकिने बताएका छन् ।

माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको अनिश्चितकालीन आमहडताल पनि देखिएकै र भोगिएकै हो, शहरी जनविद्रोह पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीका विरुद्धको आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृङ्खला यहीँ रोकिनेवाला छैन ।