साहित्य

निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक

By खबरहब

October 26, 2024

काठमाडौं – निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ ।

शनिबार ललितपुरका मेयर चिरिबाबु महर्जन,प्रा।डा।दयाराम श्रेष्ठ, कवि डा. विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल, बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रमबिच सार्वजनिक गरेका हुन् ।

कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २०२ पृष्ठ छन् जसको मूल्य ५०० रहेको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध शर्मा लिटिल एन्जल्स् स्कूलका प्रिन्सिपल हुन् ।

शर्माले यसअघि ‘शब्दशिविर’ निबन्धकृति बजारमा ल्याएका थिए ।