राजनीति

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै

By खबरहब

January 27, 2024

काठमाडौँ– नेपाली कांग्रेसले मुलुकका सबै जिल्लामा आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । । माघ २६ गतेसम्म चल्ने अभियानमा सांगठनिक सुदृढीकरण, नागरिकका समस्याको पहिचान लगायतका कार्यक्रम हुनेछन् ।

कांग्रेसले अभियान अन्तर्गत ‘समुदायमा जाऔँ, जनाताका कुरा सुनौँ’ नारा तय गरेको छ ।

अभियानका क्रममा स्थानीय तहमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका राम्रा अभ्यास बारे जानकारी लिने काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार अभियानका क्रममा आसन ग्रहण तथा मन्तव्यका कार्यक्रम हुने छैनन् । यसमा जनस्तरका गुनासा र सुझाव संकलन गरिने छ ।

अभियान समन्वयका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्ला जिल्लामा खटाएको छ ।

कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित अभियानलाई वार्षिक कार्यतालिकामा नै समावेश गरेको  छ ।

कांग्रेसले आगामी फागुन ७ गते नीति अधिवेशन डाकेको छ ।