आहा रारा गोल्डकप : आज थ्री स्टार र पारो एफसीबीच प्रतिस्पर्धा हुने

By खबरहब

January 27, 2024

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा आज थ्रीस्टार क्लब र भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई हराउँदै थ्री स्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सिधै क्वार्टरफाइनल पुगेको हो ।