राजनीति

गठबन्धन अविश्वासको खाल्डोमा छ, एमालेले आफ्ना काम चुपचाप गर्छ : ईश्वर पोख्रेल

By खबरहब

January 27, 2024

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोख्रेलले गठबन्धन आफ्नै कारणले अविश्वासको खाल्डोमा परेको बताएका छन् ।

उनले एमालेले आफ्ना काम चुपचाप ढङ्गबाट अगाडि बढाएको असर राष्ट्रियसभा निर्वाचनमा देखिएको समेत बताए ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘फ्लोर क्रस’बारे खबरहबसँगको कुराकानीमा गठबन्धन आफ्नो भूमिकामा असफल भएको बताए ।

उनले भने, ‘प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो ज्ञानको प्रयोग गरे । गठबन्धन आफ्नै कारणले अविश्वासको खाल्डोमा परेको छ ।’

पोख्रेलका अनुसार एमालेले गठबन्धन फुटाउन भूमिका नखेलेको तर गठबन्धन आफै फुट्ने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘ एमालेले आफ्ना काम चुपचाप गर्छ । यसको असर अहिले देखिएको । वर्तमान गठबन्धन कुनै हालतमा सफल छैन ।’