समाचार

धरहरासँगै निर्माण भएको भवनमा निःशुल्क पार्किङ 

By खबरहब

January 27, 2024

काठमाडौं– धरहरासँगै निर्माण भएको पार्किङ भवनमा निःशुल्क पार्किङ सुरु हुने भएको छ । 

काठमाडौं महानगरपालिकाले निःशुल्क पार्किङ सेवा दिने भएको हो । 

न्युरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिबाट निःशुल्क पार्किङ सेवा दिने भएको महानगरपालिकाले जनाएको छ । 

नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डेका अनुसार न्युरोडको पार्किङ निषेध भएपछि यो सेवा दिइएको हो ।