खेलकुद

थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

By खबरहब

January 27, 2024

काठमाडौं- थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा दुई गोलले पराजित गरेपछि थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थ्रीस्टारका अनिष चापागाईंले अतिरिक्त समयको २६ र २९औँ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने दोश्रो क्वार्टरफाइनल हुनेछ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।