अन्य

टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने

By खबरहब

January 27, 2024

काठमाडौं- टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने भएको छ । सुरुमा परीक्षणका लागि टिकटकले निश्चित केही प्रयोगकर्ताका लागि ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा ल्याएको छ ।

टिकटक कै शैलीमा चल्ने चीनको डोयुइनले सन् २०२२ मै ३० मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो । यस सुविधाबाट डोयुइनले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

टिकटकले सन् २०१८ मा १५ सेकेण्ड, सन् २०१९ मा ६० सेकेण्ड, २०२० मा ३ मिनेट, सन् २०२१ मा ५ मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो । टिकटकले सन् २०२२ मा १० मिनेट र सन् २०२३ मा १५ मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो ।