सांकेतिक तस्बिर

समाचार

कञ्चनपुरबाट एक मेडिकल सञ्चालक पक्राउ

By खबरहब

January 27, 2024

काठमाडौं- कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए।

उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरीत औषधि बेचबिखन गर्ने गराउने र बिनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित सञ्चालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए।

पक्राउ परेका औषधि व्यवसायी धामीका विषयमा थप अनुसन्धान गरेर कारबाही गरिने प्रहरीले जनाएको छ।