भलिबल

कञ्चनपुरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

By खबरहब

January 27, 2024

कञ्चनपुर। आइतबारबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन हुने छ।

प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिमले भाग लिने बताइएको छ। प्रतियोगितामा भाग लिन देशभरबाट तीन सयभन्दा बढी खेलाडी, अफिसियल र अन्य व्यक्तिको सहभागिता हु्ने अनुमान गरिएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई चार लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, खेलका विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँको दरले पुरस्कृत पनि गरिने छ।