ब्रेकिङ स्टोरी

संघीय संसदका विभिन्न ८ वटा समितिको बैठक बस्दै

By खबरहब

February 27, 2024

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न ८ समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतका पाँच र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेकाे हाे ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको छ ।

यस्तै, अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ भने विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।